१८ असार, वुटवल । अख्तियारको नक्कली कर्मचारी बताएर रकम असुलेको आरोपमा एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अख्तियारको कर्मचारी भन्दै रकम असुल्ने बुटवल १३ देबिनगरका २५ बर्षका अजित गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देहीको मोतीपुरस्थित जयप्रकटेश्वर बोर्डिङ्ग स्कुलमा अख्तियारको कर्मचारी भन्दै रकम असुलेपछि गौतमलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिए ।गौतमले सो बोर्डिङ्गबाट अख्तियारको कर्मचारी भन्दै १ लाख ६५ हजार रुपैयाँ लिएको प्रहरी प्रमुख ढकालले बताए ।













