१७ असार, पाँचथर । सशस्त्र प्रहरी बल हिम शिखर गुल्म फिदिममा सशस्त्र प्रहरी जवानहरुले फिदिमका ३ युवाहरुलाई निर्घात कुटपीट गर्नुका साथै एक महिलामाथि दुव्र्यवहार गरेका छन् । फिदिम नगरपालिका–४ जोरसाल र सडक विभागको विचमा पर्ने एक्लेसाल भन्ने ठाँउमा बसिरहेका उनीहरुमाथि गुल्मको गाडीमा आएका सशस्त्र प्रहरीले कुटपीट गरेका हुन् । कुटपीटबाट फिदिम–२ पल्लोटारका २७ बर्षीय निरज लावती, २६ बर्षीय शम्भु लावती, फिदिम–४ किशोर आङ्देम्बे शख्त घाइते भएका छन् । सशस्त्र प्रहरीहरुले किशोरकी श्रीमती १८ बर्षीय सुमा आङ्देम्बे र भाउजू २५ बर्षीया सञ्च आङ्देम्बेलाई दुव्र्यवहार गरेका हुन् । कुटपीटबाट निरजको खुट्टा, ढाड र आँखामा गम्भिर चोट लागेको छ भने शम्भुको दायाँ हात भाच्चिएको छ । कुटपीट गर्नुको कारणका बारेमा यथार्त बिवरण तयार भैरहेको प्रहरीले जनाएको छ ।













