१६ असार, काठमाडौं । बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले प्रि–बजेटमाथि छलफल गर्ने प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो । विनियोजन विधेयक व्यवस्थापिका संसदमा पेश गर्नुपूर्व बजेटका प्राथमिकताका विषयमा केन्द्रित भएर छलफलमा भाग दिन सभामुखले सभासदहरुलाई रुलिङ गर्नुभएको छ । छलफलमा भाग लिदै नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले अर्थमन्त्री महतलाई लोक कल्याणकारी मन बनाएर बजेट तयार पार्न सुझाव दिनुभयो । पौडेलले किसानहरुमाथि अन्यया भएको, उखु किसानहरुले उत्पादनको मूल्य नपाएको लगायतका गुनासो गर्दै किसानलाई लक्षित बजेट बनाउन आग्रह गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका भरतमोहन अधिकारीले भारतबाट दुई अर्बको चामल किन्नु परेको भन्दै कृषिमा सरकारले अनुदान बढाउनुपर्ने बताउनुभयो । अधिकारीले कृषिमा अनुदान बढाउनुपर्नेमाब जोड दिनुभयो । देशभरिका ३० हजारभन्दा बढी सहकारीलाई पुनर्निर्माणका लागि भूमिका दिइनुपर्ने सभासद अधिकारीले बताउनुभयो ।
त्यस्तै एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारी कर्मचारीहरुलाई खान पुग्ने गरी तलब दिन सरकारलाई सुझाव दिनुभयो । भट्टराईले बजेट बनाउनुभन्दा पहिले यसको प्राथमिकता स्पष्ट पारिनुपर्ने बताउनुभयो
भट्टराईले आगामी बजेटमा पूर्वाधार र सडक सञ्जाल दोस्रो प्राथमितामा राखिनुपर्न उल्लेख गर्नुभयो । प्रि–बजेट छलफल बिहीबार पनि जारी रहने छ ।











