१३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासनतर्फ ३१ जना अधिकृतका लागि जागिर खुलाएको छ । तृतीय तहमा २५ जना र द्वितीय तहमा ६ जना गरी ३१ अधिकृतका लागि आगामी साउन १० गते सम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
३५ वर्ष ननाघेका पुरूष र ४० वर्ष ननाघेका महिलाले जागिरका लागि आवेदन दिन सक्नेछन ।
तृतीय तहको अधिकृतमा आवेदन दिन त्रिभुवन विश्वविद्यालय वा मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्य वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, द्वितीय तहको अधिकृतका लागि आवेदन दिन स्नातकोत्तर सरहको सिएरएसिसिए वा सिपिए परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ ।
दोस्रो तहको अधिकृत पदमा अपांग कोटामा एकजना, दलित एक जना, मधेशी दुई, आदिवासी जनजाति तीन, महिला चार तथा खुल्लातर्फ १४ वटा छुट्याइएको भने तेस्रो तहका लागि मधेशी कोटामा एक, आदिवासी जनजातिका लागि एक, महिला एक तथा खुल्लामा तीन सिट छूट्याइएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालको सबैभन्दा प्रभावकारी नियामक निकाय राष्ट्र बैंकको जागिर निकै आकर्षक जागिर मानिन्छ । अन्य क्षेत्रको तुलनामा तलब पनि धेरै हुने, भत्ता पाइने र स्कलरसीपमाफर्त संस्थाकै खर्चमा बिदेशमा पढ्न जान पाइने भएकाले राष्ट्र बैंकको जागिर आकर्षक छ ।











