१० असार, काठमाडौं । संविधान मस्यौदा कार्यदलले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामाथि शनिबारदेखि छलफल हुँदैछ । मस्यौदा समितिको बैठक दिउँसो सिंहदरबारमा बस्दैछ ।
१५ दिनभित्र मस्यौदालाई अन्तिम रुप दिने जिम्मेवारी पाएको समितिले आइतबार अर्थात म्यादभित्रै तयार पार्ने समिति सभापित कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । शनिबारदेखि दफाबार छलफल भएर भोलिसम्ममा अन्तिम रुप दिने तयारी भएको उहाँले बताउनुभयो । मस्यौदालाई अन्तिम रुप दिन शुक्रबार अबेरसम्म पनि छलफल चलेको थियो ।











