७ असार, काठमाडौं । नेपाली सेनाले रुसबाट खरिद गरेर ल्याएको दुईवटा एमआई १७ हेलिकप्टरले सोमबारबाट सेवा प्रारम्भ गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले रिवन काटेर उक्त दुई वटै हेलिकोप्टरको औपचारिक रुपमा सेवा शुभारम्भ गरेका थिए ।
प्रधानमन्त्री कोइराला केही मन्त्रीको साथमा उक्त हेलिकोप्टर चढेर भूकम्पपीडितलाई राहत सामग्री लिएर धादिङको झारलाङ गएका गए । सेनाले आफ्नो प्रयोजनका लागि ३ अर्ब १८ करोड मूल्यमा खरिद गरेको उक्त दुवै अत्याधुनिक हेलिकोप्टर गत जेठ २६ गते काठमाडौं आइपुगेको थियो ।
नेपाली सेनाका अनुसार अहिले ल्याइएको दुई हेलिकप्टर प्रयोगमा रहेका अन्य हेलिकप्टर भन्दा तुलनात्मक रुपमा केही भिन्न र आधुनिक हो । रात्रि पनि उडान गर्न मिल्ने उक्त हेलिकोप्टरको ककपिट लेआउटलाई परिमार्जन गरी पाइलट मैत्री बनाईएको छ । २ हजार घण्टा उड्दासम्म यसलाई नियमित मर्मत सम्भारले हुन्छ । असअघिका हेलिकोप्टरको उडान घण्टा १५ सय छ ।
हेलिप्टरमा एउटा थप साईड ढोका भएको र विगतमा पछाडिर्कोयाम्प डोर म्यानुअल भएकोमा अहिले ककपिट बाटै खोल्न र बन्द गर्न मिल्ने डिजाइन गरिएको छ ।
दुईवटा ईन्जन रहेको उक्त हेलिप्टरमा नयाँ प्रविधिहरु जडित रहेको पहिलेका भन्दा कम तौलको रहेको जनाइएको छ ।
सेनाका अनुसार नयाँ हेलिकप्टरले ६ हजार मिटरसम्मको उचाईमा सहजै उडान गर्न सक्ने र ४ हजार केजी सामान वा २६ यात्रु बोक्न सक्ने क्षमताको छ । हेलिप्टरको अल्टिमेट लाईफ २५ वर्षको रहेको छ ।
सेनाका अनुसार नयाँ हेलिकप्टरले ६ हजार मिटरसम्मको उचाईमा सहजै उडान गर्न सक्ने र ४ हजार केजी सामान वा २६ यात्रु बोक्न सक्ने क्षमताको छ । हेलिप्टरको अल्टिमेट लाईफ २५ वर्षको रहेको छ ।












