७ असार, दोलखा । दोलखाको लामाबगर गाविस वडा नम्बर–३ तल्लो टोलमा नेपाली सेनाको बेस क्याम्प रहेको स्थानमा सुख्खा पहिरो जाँदा तामाकोशी आयोजनाको सुरुङ बनाउन प्रयोग हुने जिलेटिन विस्फोट भएको छ ।
कन्टेनरमा भएको जिलेटिन विस्फोट भएको हो । विस्फोटबाट क्याम्पमा रहेका ९ जना नेपाली सेना सामान्य घाइते भएका छन् ।
साथै, विस्फोटको आवाजले नजिकै रहेको प्रहरीको भवनको सिसा र केही स्थानीयको घरको सिसा फुटेको बताइएको छ ।
विस्फोटबाट नेपाली सेनाको अस्थायी बेस क्याम्पमा पुर्ण रुपमा क्षति पुग्नुका साथै नजिकै रहेको भारतीय ठेकेदारको क्याम्प पनि पुरिएको छ ।











