७ असार, गोरखा । गोरखाको सानागाउँको साम्दो भन्ने ठाउँमा सोमबार बिहान सिम्रिक एयरको हेलिकप्टरमा आगलागी भएको छ । गोरखाका डीएसपी अर्जुन चन्दका अनुसार खानेपानी तथा सरफाई आयोजनाका लागि गएको हेलिकप्टरबाट यात्रु तथा पाइलट उत्रेलगत्तै आगलागी भएको हो ।
उक्त हेलिकोप्टर ल्यान्डिङ गर्ने बेला दुर्घटनामा परेको गोरखाका प्रमुख जिल्ला अधिकारी उद्वव तिम्लसेनाले जानकारी दिएका छन् ।
हेलिकोप्टरका पाइलट क्याप्टेन सुरेन्द्र पौडेलसहित पाँच यात्रु सकुशल रहेको सिम्रिक एयरको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । थप जानकारी लिन तथा उद्दार गर्न लागि सिम्रिक एयरले अर्को हेलिकोप्टर त्यसतर्फ पठाएको जानकारी दिएको छ ।












