२ असार, अमेरिका । अमेरिकाले नेपालीलाई भिसा सकिएपछी थप बस्न र काम गर्न पाउने र गैरकानुनी रुपमा बस्नेले नेपाल फर्किए पुन आउन सक्ने गरी टेम्पोररी प्रोटेक्टेट स्टाटस दिने निर्णय गरेको छ ।
न्युयोर्कलाई प्रतिनिधित्व गर्ने सिनेटर चार्लस सुमेर (U.S. Senator Charles E. Schumer)ले मंगलवार यो जानकारी दिएको स्थानिय संचार माध्यमले जनाएका छन । नेपालमा आएको माहाभुकम्पको अवस्थालाई हेरेर अमेरिका सरकारले नेपालीको पक्षमा यस्तो निर्णय गरेको छ । यो निर्णय अनुसार लामो समय देखी कागजात बिहिन रुपमा अमेरिका बस्दै आएका नेपालीहरु नेपाल गएर पुन आउन सक्छन । अर्को भिसा अबधी सकिएर पनि अमेरिकामा थप बस्न सक्ने सुबिधा टिपिएसले दिन्छ । भिसा सकिएर बस्नेले काम गर्ने अनुमती समेत पाउछन ।
अमेरिकी कानुनमा दैबी प्रकोप परेको देशलाई यस्तो सुबिधा दिन सक्ने ब्यबस्था छ । टिपिएसका लागि स्थानिय नेपाली समुदाय, वासिङ्टन स्थित नेपाली दुताबास र नेपालमा हितैशिहरुले अमेरिकि प्रशासन समक्ष आग्रह गरिरहेका थिए । यो निर्णयले अमेरिकामा रहेका २० हजार भन्दा बढी नेपालीलाई फाइदा हुने अनुमान छ ।
प्रधानमन्त्री शुशिल कोइरालाले पनि यस बिषयमा नेपाली राजदुतलाई यस बारेमा पहल गर्न सल्लाह दिएका थिए ।











