२२ जेठ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि मर्मतका लागि आज बिहान १० बजेसम्मका लागि सबै उडानहरू बन्द गरिए ।
धावनमार्ग बन्द भएपछि बिहान नेपाल आउने टर्किस एयरको विमान दिल्ली ‘डाइभर्ट’ गरिएको थियो । ओमन एयरको विमान लखनउ अवतरण भएको ओमन एयरका विमानस्थल व्यवस्थापक भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विनाशकारी भूकम्पपछि उद्धार तथा राहतका लागि नेपाल आएका ठूला विमानका कारण अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको थियो । धावनमार्गमा चर्किएको भागको मर्मतकार्य बिहान ७ बजेदेखि १० बजेसम्म गरिएको थियो । १० बजेपछि विमानस्थलको उडान र अवतरण सुचारु रहेका विमानस्थल कार्यालयले जनाएको छ ।











