१९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी पारी यमुनाडाँडा ८ स्थित शिला पर्वत डाँडामा ठोक्किएर माउन्टेन एयरको 9N-AJP हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। विद्युत तारमा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको सेनाका एक जवानले संचारकर्मीलाई बताए। यसको आधिकारिक पुष्टी हुन बाँकी छ।
घटनामा परी चार जनाको ज्यान गएको छ। तीन जना पूरै जलेको र एक जनाको शरीर आधा जलेको घटनास्थलमा पुगेका सेनाका एक जवानले संचारकर्मीलाई बताए।
लामोसाँघु नपुग्दै हेलिकप्टर दुर्घटना भएको डिएसपी दीपक खरेलले बताए।
विस्तृत विवरण आउन बाँकि छ।











