१७ जेठ, काठमाडौं । संचार पनि प्रायोजनमा चल्छ जस्तो अर्थमन्त्रीले आफ्ना विभिन्न अंगहरुको प्रयोग गरेर गरेको भ्रष्ट्राचार । जति मिडियामा दलालहरुले भ्रष्ट्राचार त्यति नै संचारकर्मका नाउँमा दलाली गर्नेको पनि असल दिनको सुरुवात हुन्छ । अर्थमन्त्रीले डा. रामशरण महतले गरेका बहुआयामिक भ्रष्ट्राचारमध्ये उनका सहयोगी रमेश महतले गरेको भ्रष्ट्राचार उनकै गृहजिल्लाका जनताले छताछुल्ल पारेपछि पैसा तिरेर साक्षात्कार गर्ने एउटा बद्नाम क्लबले उनलाई बोलाएर शुक्रबार नै ढाकछोप गर्ने प्रयास गरयो ।
तर घटना अति नै निकृष्ट भएकोले अर्थमन्त्री महतले शुक्रबार बोलेको कुराले ढाकछोप भएन । कांग्रेसी महतले कम्युनिस्ट खेमाको मानिने एउटा अनलाइनलाई समेत पैसा तिरेर ब्यानरमा आफ्नो अन्तरवार्ता छपाएर भने आफ्नै सम्पत्ति स्याहार्न सकेको छैन राहतमा किन भ्रष्ट्राचार गर्नू । दलाल क्लबलाई अर्को चिठ्ठा पर्यो घटना साम्य भएन । उसले रमेश महतसँग निश्चित रकम लिएर पत्रकार सम्मेलन गर्ने र घटनालाई साम्य पार्ने आश्वासन दियो । तर भैदियो उल्टो । त्यस पत्रकार सम्मेलनमा केही सर्वसाधारण र नुवाकोटका मानिसहरु समेत सहभागी भएका थिए ।
सर्पको खुट्टा सर्पले देख्छ भने झैं डा. रामशरणले रमेश महतलाई प्रयोग गरेर गरेको भ्रष्ट्राचार नुवाकोटका कांग्रेसले जति अरुले जान्ने कुरै भएन । नुवाकोट कांग्रेसकै कार्यकर्ताले रमेश महतको प्रायोजित र वनावटी कुराम विश्वास गर्ने कुरै भएन नुवाकोट कांग्रेसका कार्यकर्ता प्रमोद रिमाल र प्रल्हाद फुयाँल रमेश महतविरुद्ध उत्रिए र दलाल क्लबमा झडप समेत भयो ।
तर अचम्मको कुरा के भयो भने दलाल क्लबका अध्यक्षले घट्ना चर्चित भएको भन्दै रमेश रमेश धमलासँग पहिले कुरा भएको भन्दा बढी पैसा चाहिन्छ भन्दै दलाली गरे ।











