१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रलाई सम्मुन्नत अवस्थामा फर्काउन सबै दलको प्रतिनिधी हुने राष्ट्रिय सहमतिय सरकार आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौमा आयोजित कार्यक्रममा ओलीले मुलुक बिपत्तीमा परेको अबस्थामा सवै दलहरु एक ठाउमा आउनका लागी सहमति सरकार आवश्यक रहेको बताउनुभएको हो । उनले अहिलेको अवस्थामा सरकार परिवर्तनको चर्चा चल्नु कुनै नौलो कुरा नभएको उल्लेख गर्दे सरकारको नेतृत्वका बिषयमा भने कुनै छलफल नभएको बताए ।
ओलीले अहिले बहुमतिय सरकार गठनको खेलमा लाग्ने समय नभएकाले सहमतिय सरकार नै चाहिने धारणा पनि व्यक्त गरे ।











