५ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले दैवी उद्धारकोषमा आएको रकम दुरुपयोग हुन नदिने बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न संघसंस्थाहरुको राहत सहयोग ग्रहण गर्दे कोइरालाले कोषमा प्राप्त भएको रकमको दुरुपयोग भएको आरोप लगाईएको गुनासो गर्दे कोषमा आएको रकम कुनै पनि हालतमा हिनामिना नहुने बताउनुभयो । उहाले कोषको रकम पार्टीले प्रयोग नगरेको स्पस्ट पनि पार्नुभयो । प्रधानमन्त्री कोईरालाले सरकारले सबै प्रभावित क्षेत्रमा राहत कार्यलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो ।
कसैले पनि राहतका लागि प्राप्त भएको रकम र सहयोग हिनामिना गरेको पाइए कडा कारवाही गर्ने बताउनुभयो ।
प्रधानमन्त्री कोईरालाले सबै एक भएर मुलुकको बिपतीमा सहयोगी बन्नुपर्ने धारणा राख्नुभयो । नेपाल एयरलाईन्स र ईन्सेकले दैवी उद्धारकोषका लागी राहत सहयोग प्रदान गरेको थियो ।











