
काठमाडौँः वैशाख १२ गते आएको विनाशकारी भुकम्प र त्यसपछि आएका साना ठूला पराकम्पनले प्रभावित जिल्लाका अधिकांश घरहरु भत्किएका छन् । अझ यो भुकम्पबाट काठमाडौँ उपत्याका घरहरु अझै क्षत विक्षत बनेका छन् । अधिकांश घरहरु भत्किएका छन् भने नभत्किएका घरहरु चर्किएका छन् । वैशाख १२ र त्यसपछि आएको १३ गतेको भुकम्पले आशिंक क्षती भएका घरहरु २९ गतेको भुकम्पले बस्न नमिल्ने गरि चर्किएका छन् तर सर्वसाधारणहरुले ती घरहरुलाई काठ र फलामको टेकोले अडाएर बस्न थालेका छन् । भुकम्पपछि काठमाडौँका अधिकाशं घरहरु काठ फलाम अर्थात टेकोको सर्पोटमा पुगेका छन् । घरमा टेको लगाउनका लागि टेको किन्नेहरुको भिड छ । असन चोक र आसपासको क्षेत्रमा रहेका पुराना तथा नयाँ घरहरुमा समेत टेको लागेको छ । १४ सयमा पाउने टेको अहिले १८सय देखि २१ सय सम्म विक्री भइरहेको छ ।











