२७ वैशाख काठमाडौं । नेपाली कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारसँग आग्रह गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले भूकम्पप्रभावित क्षेत्रमा निरन्तर लाग्न सरकारलाई आग्रह गरेका हो ।
बैठकमा धारणा राख्ने अधिकांश नेताले भूकम्पप्रभावित क्षेत्रमा सरकारले तत्काल निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रधानमन्त्री एवं दलका नेता सुशील कोइरालाको ध्यानाकर्षण समेत गराएका थिए ।
बैठकमा भूकम्पले पु¥याएको क्षतिको विवरण सङ्कलन तथा पीडितलाई तत्काल बासको व्यवस्था गर्नेतर्फ गम्भीर भएर लाग्न समेत सभासदहरुले आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री कोइरालाले सरकारले राहत उद्धार र पुनर्स्थापनाका विषयमा कुनै कसर बाँकी नराख्ने बताएका थिए ।
कांग्रेस संसदीय दलको बैठक सोमबार पुनः बस्ने दलले जनाएको छ ।











