२७ वैशाख, काठमाडौं । महाभूकम्प गएको १६ औं दिन पनि भूकम्पको धक्का महशुस हुने क्रम रोकिएको छैन। आइतबार दिउँसो काभ्रे र भक्तपुरको सीमानालाई केन्द्रविन्दु आएर भुकम्पको धक्का महशुस भएको छ । आइतबार अपरान्ह भूकम्प मापन केन्द्रमा अनुसार काभ्रे र भक्तपुरको
सीमानालाई केन्द्रविन्दु बनाएर ४ दशमलब २ रेक्टरस्केलको भुकम्प गएको थियो ।
यसअघि आईतबार विहान १ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक र तिब्बत केन्द्रविन्दु बनाएर ४ दशमलव २ रोक्टोस्केलको भूकम्प गएको थियो । यस्तै आइतबार विहान ६ बजेर ३४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ४ रोक्टोस्केलको भूकम्पको धक्का महशुस भएको छ । यस्तै आइतबार विहान ११ बजेर ८ मिनेटमा रसुवा केन्द्र विन्दु भएको ४ रोक्टोस्केलको भूकम्प गएको छ। हालसम्म वैशाख १२ पछि १ सय ५७ पराकम्पन गएको छ ।











