२३ वैशाख, काठमाडौं । प्रमुख तीन दलकमा शीर्ष नेताहरुले भूकम्प प्रभावित नुवाकोट, धादिङ र सिन्धुपाल्चोक जिल्लाको अवलोकन गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।
भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै शीर्ष नेताहरुले पीडितका गुनासा समेत सुनेका छन् ।
भूकम्पले पारेको असरको अवस्था र राहत वितरणका बारेमा जानकारी लिंदै प्रधानमन्त्री कोइरालाले संकटको बेलामा आपसी विस्वास र एकताले नै सबैलाई संकटको सामना गर्न सकिने बताए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकसाथ मिलेर राहत कार्यमा लाग्ने बताए ।
प्रधानमन्त्री कोइरालाले भूकम्प पीडितले धेरै माग गरेको टेन्ट पर्याप्त रुपमा उपलब्ध हुने आश्वासन समेत दिए । टेन्टले मात्र बर्षाको झरी धान्न नसक्ने भएकोले जस्तापाता दिने योजना बनिरहेको पनि प्रधानमन्त्रीले बताए ।











