२३ वैशाख, काठमाडौं । वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ५२ पुगेको छ । गृहमन्त्रालयका अनुसार बुधबार मध्यान्हसम्म भूकम्पमा १४ हजार ४ सय ७७ जना घाइते भएका छन्। मृतक र घाईतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पबाट सबैभन्दा ठूलो क्षति सिन्धुपाल्चोकमा पुगेको छ । सिन्धुपाल्चोकमा हालसम्म २ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ भने ८ सय ५२ जना घाइते भएका छन्। सिन्धुपाल्चोक जिल्लामा ४४ हजार ३ सय १० घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन । यस्तै १८ हजार ९ सय ९१ घरहरुमा आशिंक क्षति भएको छ । काठमाडौमा मृतकको संख्या १ हजार २ सय ९ पुगको छ । ४ हजार ६ सय ३४ घाइते भएको प्रहरीले जनाएको छ। भक्तपुरमा ३ सय ८ जनाको मृत्यु भएको छ भने ललितपुर १ सय ७४ जनाको मृत्यु भएको छ । नुवाकोटमा मृत्यु हुनेको संख्या ९ सय ९ पुगेको छ भने धादिङमा ७ सय २,काभ्रेमा ३ सय १६, दोलखामा ७३, सोलुमा २२ र ओखलढुंगामा १९ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।











