२२ वैशाख, गोरखा । प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट प्रभावित गोरखा पुग्नुभएको छ । मंगलबार बिहान गोरखा पुगेका प्रधानमन्त्री कोइरालालाई त्यहाँको यथास्थितिको बारेमा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाले जानकारी गराउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले प्रधानमन्त्री कोइरालासँग पालको आवश्यकता रहेकाले तत्काल उपलब्ध गराउन माग गर्नुभयो । गोरखा भूकम्पबाट बढी प्रभावित हुने मध्येको जिल्लाको हो ।
वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दामाथिका एक सय ४२ वटा भूकम्प गएको छ ।











