१६ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पमा परी मर्नेको संख्या ५ हजार २१ जनाको ज्यान गुमेको छ भने १० हजार २२६ जना घाइते भएका छन् । नेपाल प्रहरीले बुधबार दिउँसो अपरान्ह दिएको जानकारी अनुसार मृतकको संख्या पाँच हजार नाघेको हो । राजधानी उपत्यकाको काठमाडौंमा १०३९, भक्तपुरमा २५२ र ललितपुरमा १६८ जनाको ज्यान गुमेको छ भने काठमाडौंमा २४००, भक्तपुरमा १८८६ र ललितपुरमा १०९० जना घाइते भएका छन् ।
यसैगरी पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा ३१०२, पश्चिम क्षेत्रमा ४०७ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गुमेको छ भने पूर्व क्षेत्रमा २१६, मध्यक्षेत्रमा ३४८४, पश्चिम क्षेत्रमा ११३० र मध्य पश्चिम क्षेत्रमा २० जना घाइते भएका छन् । यसैगरी विभिन्न मुलुकका गरी काठमाडौंमा ९, सोखुम्बुमा ७, मकवानपुरमा १ जना गरी १७ जना पर्यटकले ज्यान गुमाएका छन् ।
हालसम्म काठमाडौंमा ९५२, भक्तपुरमा २५०, ललितपुरमा १५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा २९८८, पश्चिम क्षेत्रमा २२९ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ४६०९ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन हुनसमेत नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ ।
नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको छ ।











