१० वैशाख, काठमाडौं । संविधान निर्माणको प्रक्रिया अगाडि बढाउन तीन दलको बैठकमा सहमत भएको एमाओवादीले फेरि कुरा फेरेको छ । कांग्रेस एमाले र एमाओवादीबीचको बैठकमा विहीबार बस्ने संविधान सभा बैठकले प्रक्रियालाई अगाडि बढाउने सहमति गरेको भए पनि एमाओवादी स्वयम् भने विहीबारको संविधान सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
एकिकृत नेकपा माओवादी लगायत ३० दलित मोर्चाको संयुक्त बैठकले बिहीबार बस्ने संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । एकीकृत नेकपा माओवादी लगायत शिर्ष दुइदलबीच संविधानका विवादित बिषयमा सहमति भयो भन्ने चर्चा वेकारको हल्लामात्र भएको बताउँदै नेता डा बाबुराम भटराइले प्रक्रियामा जाने कुरा नसच्चिएसम्म सहमति नहुने बताए ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बिहीबार बसेको ३० दलिय मोर्चाले आन्दोलन र संघर्षका कार्यसँगै बार्तालाइ महत्व दिएपनि ठोस निकास ननिस्केको भन्दै संविधानसभामा सहभागि नहुने निर्णय गरेको बाबुरामले बताए ।
लामो समयसम्म बस्न नसकेको मोर्चाको बैठक छिटै डाक्नुका साथै नया कार्यक्रम बनाउन छलफल भएको बताइएको छ । छलफलमा भोलि नै ३० दलीय मोर्चाको बैठक बोलाएर कसरी अघि बढ्ने भन्ने बिषयमा निश्कर्ष निकालिने बताइएको छ ।











