७ वैशाख, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयअन्तरगतका केन्द्रिय र क्षेत्रिय स्वास्थ्य निकायमा एकसाथ छापा मारेको छ । देशभरका स्वास्थ्य संस्थामा निशुल्क बाँडिने औषधीको अभाव भएको तर केन्द्रिय स्तरबाट पर्याप्त औषधी बाडिएको भन्ने सूचना सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान तथा अनुगमन सुरु गरेको जनाइएको छ ।
ुस्थानीय स्तर र केन्द्रबाट आएको सूचना परम्पर बाझिएपछि यथार्थ पत्ता लगाउन छानविन थालिएको अख्तियारले जनाएको छ। अख्तियारले मन्त्रालय अन्रगतको आपूर्ति महाशाखा, औषधी व्यवस्था विभाग लगायतमा छापा मारेको हो ।
त्यसैगरी क्षेत्रिय औषधी भण्डार केन्द्र तथा स्वास्थ्य निर्देशनालय र केही जिल्ला कार्यालयहरुमा पनि छापा मारेको अख्तियारस्रोतले बतायो ।











