५ वैशाख, जाजरकोट । जाजरकोटमा फैलिएको रोगका कारण शनिबार थप एक जनाको मृत्यु भएको छ । शनिबार नायकबाडा-८, घर्तीगाउँका ६८ वर्षीय वीरे कार्की, दशेरा ८, बडाबनका २८ वर्षीय शेरबहादुर रावत, गर्खाकोट १ र मटेलाका ६० वर्षीय धने दमाई मृत्यु भएको हो । को मृत्यु भएको छ । यो सहित मृत्यु हुनेको संख्या २४ पुगेको छ । घर्तीगाउँमा यो रोगबाट १ सय बढी विरामी परेको स्थानीयले बताएका छन् । प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा औषधी अझै पुग्न सकेको छैन ।
महामारीकै रूप लिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट शनिबार मात्र चार बिरामीको मृत्यु भएको थियो ।
अर्छानी-२ का ५० वर्षीय वादी टमटा भन्ने बले नेपाली र पजारु-५ की २७ दिनकी शिशु अमृता अधिकारीको शुक्रबार मृत्यु भएको छ । अर्छनी-७ का ५८ वर्षीय हंसबहादुर शाही र पजारु- ४ की २६ दिने शिशु रीतु टमटाको बिहीबार मृत्यु भएको थियो ।











