५ वैशाख, रुपन्देही । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले समयमै संविधान बनाउनेतर्फ सत्ताधारी दलहरु चिन्तित नभएको आरोप लगाएका छन् ।
नवलपरासीमा शनिबार आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका जाने क्रममा प्रचण्डले गौतम बुद्ध विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सत्तारुढलाई तत्काल संविधान नचाहिएको तर्क गरे ।
सत्तामा रहेका दलहरुले सत्तामैं कसरी रहिरहने भन्ने सोच बनाएर संविधान लेखनतिर ध्यान नदिँदा संविधान बनाउन ढिला भएको प्रचण्डको भनाइ छ ।
समयमैं संविधान बनाउन र यसका लागि सहमतिको वातावरण बनाउन ३० दलीय मोर्चाले पछिल्लो चरणको आन्दोलनका कार्यक्रम स्थगित गरेर पहल गरिरहेको जनाउँदै प्रचण्डले यसमा सरकार पनि गम्भीर बन्न आग्रह गरे ।
मोर्चामध्येका कतिपय दललाई मन नपर्दा नपर्दै पनि सहमतिको वातावरण बनाउन आन्दोलन स्थगित गरिएको उल्लेख गर्दै उनले यसमा सरकारमा सहभागी दलले सोच्नु पर्नेमा जोड एि ।
नेपाली काँग्रेस र एमालेले जतिसुकै परिवर्तनको कुरा गरे पनि पुरानै ठाउँमा राज्यलाई लैजान खोजेको आरोप प्रचण्डले लगाए ।











