४ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको पशुपति आर्यघाटमा शुक्रबार अपरान्ह अन्त्येष्टि गरिएको छ । थापालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

नेपाली सेनाको एक टुकडीले पशुपति आर्यघाटमा स्वर्गीय थापालाई सलामी अर्पण गरेको थियो ।
स्वर्गीय थापालाई आर्यघाटमा उनका छोरा आपूर्ति मन्त्री सुनिल थापाले दागबत्ती दिएका थिए ।

थापाको अन्त्येष्टिमा सयौं मानिसको सहभागिता रहेको थियो ।











