चैत २८, काठमाडौं, पूर्वमन्त्री सलिम मियाँ अन्सारीको शनिवार निधन भएको छ । उपचारका क्रममा राति १ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अन्सारीको निधन भएको हो ।
छोरी एमाओवादी सभासद उषाकिरण अन्सारीका अनुसार उनी किड्नीको समस्याले ग्रस्त थिए । शनिवार साँझ पुर्ख्यौली घर बारामा धार्मिक परम्पराअनुसार अन्त्यष्टि ९समाधिस्थ० गरिने तयारी भएको पनि अन्सारीले बताइन् ।
शनिवारै एमाओवादी महासचिव कृष्णबहादुर महरालगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । पछिल्लो समय उनी एमाओवादी प्रवेश गरेका थिए ।
विगतमा एमालेबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । एमाले त्यागेर दरबारनिकट भएपछि पनि उनी वन तथा भूसंरक्षणमन्त्री बनेका थिए ।











