२७ चैत, काठमाडौं । नेपाल भ्रमणम रहेको युरोपेली सांसदको टोलीले तेस्रो संविधान सभाप्रति राखेको चासोप्रति एमालेले आपत्ति जनाएको छ । एमालेका उप महासचिव विष्णु पौडेलले शुक्रबार युरोपेली युनियन प्रतिनिधिले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा भन्दा बाहिर भएको भन्दै आपत्ति जनाए । नेपाल भ्रमणमा रहेको युरोपियन यूनियनका प्रतिनिधिले दोस्रो संविधानसभा सफल हुने प्रति आशंका गरेको
विषय कुटनीतिक मर्यादा विपरित भएको भन्दै आपत्ति प्रकट गरेका हुन् । युरोपेली सांसदको टोलीले संविधानसभा अध्यक्षसँगको भेटमा तेस्रो संविधानसभा निर्वाचनमा जनताको रुचिको विषयमा प्रश्न राख्दै दोस्रो संविधानसभा सफल हुनेमा आशंका ब्यक्त गरेका थिए । काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा उप महासचिव पोडेलले हाम्रो संविधान निर्माणमा बाहिर बाट आएका व्यक्तिले छलफल गर्ने विषय नभएको बताए ।
पौडेलले भुगोल, जनसंख्या र आर्थिक हिसावमा हामी सानो र कमजोर भए पनि राष्ट्रिय स्वाभिमानको हिसाबमा उच्च भएको भन्दै कसैको अधिनस्थ स्विकार्य हुन नसक्ने स्पष्ट पारे ।











