२६ चैत, काठमाडौं । इमान्दार र कुशल राजनितिज्ञ नहुँदा संक्रमण बढिरहेको सरोकारवालाहरुले बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको नेपालको राजनिति विकासमा गणेशमान सिंह विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले जनआन्दोलनका एजेण्डामा नेतृत्व गम्भिर नभएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै नागरिक अगुवा दमननाथ ढुङ्गानाले देशले गणेशमान जस्तो इमान्दार नेता पाउन नसकेको बताए । नागरिक अगुवा ढुङ्गानाले जनआन्दोलनका एजेण्डा स्थापित नभएर देश फेरि अर्को १० वर्षे द्वन्द्वमा फसेको ठोकुवा गरे । नेताहरुले राष्ट्रिय मेलमिलापको नीति नअपनाउँदा शान्ति प्रकृया ओरालो लागेको उनको थियो । जनआन्दोलनपश्चात प्राप्त भएको शक्ति फेरि गुम्ने डर भएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले गणेशमान सिंहको सपाना अझै पनि पूरा नभएको बताए । गणेशमान सिंहले २०४६ सालको आन्दोलनको नेतृत्व गरेका थिए ।











