२६ चैत, काठमाडौं । आन्दोलनको कार्यक्रम बारे विवाद सुरु भएको ३० दलीय मोर्चामा खटपकट सुरु भएको छ । विवादसँगै मधेसी मोर्चा एकीकृत नेकपा माओवादीको साथ छोड्न गरी तयारीमा लागेको छ ।
मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भूमिकाप्रति शंका गर्दै तराई–मधेसकेन्द्रित राजनीतिक दलहरू अलग्गै संघर्ष गर्ने तयारीमा जुटेका हुन । आन्दोलनको अलग्गै कार्यक्रम ल्याउन र मधेसकेन्द्रित आन्दोलन गर्ने गरी मोर्चामा विभिन्न चरणको छलफल हुँदैछ ।
बिना कुनै उपलव्धी विचमै आन्दोलन फिर्ता लिनु गलत भएको मोर्चामा रहेका धेरै दलको निस्कर्ष रहेको उनको भनाई छ ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले पनि ३० दलीय मोर्चालाई असर नपर्ने गरी तराई–मधेसका मुद्दामा केन्द्रित भएर अलग्गै संघर्ष गर्नुपर्नेमा छलफल सुरु भएको भनाई छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाले आमहडताल फिर्ता लिने निर्णय गरेर मधेस र मधेसी जनतालाई गम्भीर धोका दिएको आरोप लगाइसकेका छन । तर विजयकुमार गच्छेदार भने मधेसी मोर्चामा रहेका अरु दलको पक्षमा छैनन ।
बुधबार र बिहीबारको आमहड्ताल कार्यक्रम बिचैमा फिर्ता लिइएकोमा असन्तुष्टी जनाएका मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टी ३० दलीय मोर्चाबाट छुट्टीएर छुट्टै आन्दोलन गर्ने तयारी गरेका छन् ।
रौतहटमा सुरु भएको विद्रोहको पुच्छर समातेर मधेसमा आन्दोलन चर्काउन सकिन्छ कि भन्ने तयारीमा मधेसी दलहरु लागेका छन् । त्यही तयारीअनुरुप मधेसी मोर्चाका दलहरु विहीबार रौतहटमा केन्द्रित भएका छन् ।











