२३ चैत, काठमाडौं । सरकारले शान्तिपूर्ण ढंगले विरोधका कार्यक्रम गर्न आग्रह गरेको छ । संविधानसभा बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले विरोध गर्न पाउनु सबैको अधिकार भएको भन्दै शान्तिपूर्ण ढंगले विरोधका कार्यक्रम गर्न आग्रह गरे ।
उनले कसैले सुरक्षामा खलल पार्ने काम गरे सरकारले कारवाही गर्ने बताए । कसैले बाटो अवरुद्ध गरे सवारी अवरुद्ध पारे तथा जनताको जनधनमा असर पुर्याए सरकारले त्यसलाई कडा कारवाही गर्ने गौतमले चेतावनी दिए ।
विपक्षी दलले भोलीदेखि गर्न लागेको तीन दिने आमहड्तालप्रति सरकारले सुरक्षा संवदेशनशील रहेको उनले बताए ।











