२३ चैत, काठमाडौं । फागुन महिनामा ६ वटा मन्त्रालय र अन्य निकायले सर्वसाधारणको गुनासो नसुनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
फागुन महिनामा हेलो सरकारमा प्राप्त गुनासो शत् प्रतिशत फस्र्यौट भएको तर ६ वटा मन्त्रालय र अन्य निकायको गुनासो फस्र्यौट दर शून्य रहेको प्रधानमन्त्री कार्यालयले जनाएको हो ।
गुनासो फस्र्यौट शून्य रहेको मन्त्रालयहरुमा सहकारी तथा गरीबी निवारण मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, उद्योग मन्त्रालय र त्रिभुवन विश्वविद्यालय रहेका छन् ।
यस्तै ७५ प्रतिशत भन्दा कम गुनासो फस्र्यौट गर्ने मन्त्रालयहरुमा संघीय मामिला तथा स्थानिय विकास ९२६ प्रतिशत, युवा तथा खेलकूद ९५० प्रतिशत०, सूचना तथा संचार ९५६ प्रतिशत० रहेको जनाइएको छ ।
उर्जा, कृषि विकास, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, महिला,बालबालिका तथा समाजकल्याण, शिक्षा, वाणिज्य तथा आपूर्ती, स्वास्थ्य तथा जनसंख्या, सिंचाई, सामान्य प्रशासन र उच्च शिक्षा माध्यामिक परिषद्ले शत् प्रतिशत गुनासो फस्र्यौट गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।











