२१ चैत काभ्रे / नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले सहमति नभए एमाओवादीले संसदीय व्यवस्था छाड्न सक्ने बताएका छन् । आफ्नो पार्टी र एकीकृत माओवादीबीच एकता प्रक्रिया अगाडि बढीरहेको वेला बादलले यस्तो खुलासा गरेका हुन् ।
क्रान्तिकारी पत्रकार संघ काभ्रेले बनेपामा गरेको पत्रकार सम्मेलनमा महासचिव थापाले यथास्थितीबादी हावी हुँदै गएकाले एमाओवादी संविधानसभाबाट बाहिरिने सम्भावना रहेको बताए ।
माओवादी आन्दोलनलाई एकीकरण र पुर्नगठित गर्ने आवश्यकता भएकाले पार्टी एकता थालिएको उनको भनाइ छ । एमाओवादी र आफुमा केही सैद्धान्तिक मतभेद रहेकोले विचार र मुद्धा मिलेमा पार्टी एकता हुनसक्ने बादलको भनाइ छ ।
‘प्रतिगामीहरुले आफुअनकुल संविधान बनाउन लागेकाले हामीले सुरुदेखि दास्रो संविधानको विरोध गर्दै आएका छौं’, उनले भने, ‘संविधानसभाबाट ३० दलीय मोर्चाले सहमतिका लागि दिइरहेको दबाबलाई बढाउन माओवादी शक्ति मिल्न सहमति भइरहेको छ ।’











