२१ चैत, भारत । भारतकी केन्द्रीय शिक्षामन्त्री स्मृति इरानीले कपडा फेर्ने रुमबाट गोप्य क्यामरा बरामद गरिएको छ । भारतको गोवा स्थित एक कपडा ब्राण्डको शोरुमबाट उक्त गोप्य क्यामरा बरामद गरिएको हो ।
मन्त्री इरानीले केही कपडा खरिद गर्ने अभिप्रायले शोरुमको चेन्जीङ रुममा जाँदा उक्त गोप्य क्यामरा फिट गरिएको देखेपछि स्थानीय बिजेपी नेता माइकल लाबोलाई जानकारी गराएकी थिइन् । माइकलले तत्काल प्रहरीलाई खबर गरी मुद्दा दर्ता गराएका छन् भने प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
शिक्षामन्त्री इरानी उक्त ब्राण्डका कपडा खरिद गर्न गएको र चेन्जिङ्ग रुममा उक्त क्यामरा देखेपछि घटना बाहिर आएको छ । उक्त क्यामरा कसले र किन राखेको भन्ने नखुलेको प्रहरीले जनाएको छ । महिलाले कपडा फेर्ने रुममा यसरी क्यामरा जडान गर्नुले त्यहाँ अवैध काम हुने गरेको प्रहरीले अनुमान गरेको छ । यसरी कपडा फेर्ने रुममै इरानीले क्यामरा देखेपछि उनी भने त्यतिकै फर्किएकी थिइन् ।











