१९ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १÷१ रुपैयाँ मूल्य घटाएको हो । असोजदेखि यता पेट्रोलको मूल्य २५ रुपैयाँभन्दा बढी घटेको छ । यद्यपि अन्तर्राष्ट्रि बजारमा पेट्रोलियमको मूल्यमा कमी आएको अनुपातमा नेपालमा मूल्य कम नगरिएको भन्दै विरोध हुँदै आएको छ ।











