१९ चैत, रौतहट । सेवा केन्द्र विस्तार गर्ने नेपाल सरकारको निर्णय विरुद्धमा उद्योग वाणिज्य संघको अगुवाईमा बुधवारदेखि अनिश्चीतकालको शुरु भएको रौतहट बन्द विहीबार दोस्रो दिन पनि जारी रहेको छ ।
बिहानदेखि नै बाक्लो उपस्थितीमा रहेका स्थानिय बन्दकर्ताहरु सदरमुकाम गौरको विभिन्न भाग परिक्रमा गरी सरकार विरुद्ध नाराबाजी गरेका छन् भने दिन प्रतिदिन सदरमुकाम सार्ने सरकारी निर्णय विरुद्ध शुरु भएको आन्दोलनले उग्र रुप लिंदै गएको छ ।
बन्दका क्रममा प्रहरी र स्थानियबिच ठाँउ ठाँउमा झडप भएको छ । प्रहरी र स्थानिय बिच झडप हुँदा ६ जना प्रर्दशनकारी घाईते भएका छन् । घाईते हुनेहरुमा पूर्व सभाषद बबन सिँह,यादव चन्द्र गुप्ता,सुबोध झा, धिरज झा,नन्द किशोर यादव र राम निवास यादव रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भई रहेको छ । झडप पश्चात प्रहरीले ३ जना प्रर्दशनकारी लाई नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएका आफ्ना साथीहरु लाई छुटाउन स्यानिय नेताहरु अहिले जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् भने सदरमुकाम तनावपूर्ण बनेको छ ।
त्यस्तै सदरमुकाम नै सार्ने षडयन्त्रले सेवाकेन्द्रको बहाना बनाएको भन्दै स्थानियले प्रधानमन्त्रि सुशिल कोईराला, एमाले अध्यक्ष के.पी. शर्मा ओली र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको पुत्ला जलाएका छन् । पुतला जलाउने क्रममा प्रर्दशनकारी ले एमाले , कांग्रेस मुर्दावाद लगायत सरकार विरोधि अन्य नारा समेत लगाएका थिए ।
सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णयलाई मन्त्रिपरिषदको बैठकबाट तत्काल खारेज गर्न स्थानियको माग रहेको छ ।











