१९ चैत, काठमाडौ / तीन वर्षदेखि थाइल्याण्डमा बसोबास गर्दै आएका पूर्व युवराज पारस आज नेपाल फर्किएका छन् ।
पौने १ बजे उनी आफ्ना केही शुभेच्छुकका साथ त्रिभुवन विमानस्थल ओर्लिएका हुन् ।
थाइल्याण्डमा हुँदा लागू पदार्थ सेवनको कारण पटक पटक जेल परेका उनी हृदयघातका कारण लामो समय अस्पतालसमेत बसेका थिए ।
पारसको स्वागतमा एयरपोर्टमा समर्थकको घुइँचो लागेको थियो ।

पारसपत्नी हिमानी भने विमानस्थल गइनन् । पारस निर्मल निवासमा नबसी बाहिरै बस्ने जनाइएको छ ।
थाइल्यान्डमा रहँदा पारस पटक–पटक लागूऔषधसहित पक्राउ परेका थिए । भविष्यमा पारस शाह नेपालमै रहने वा फेरि विदेश जाने भन्नेबारे आधिकारिकरुपमा केही खुलाइएको छैन ।











