१७ चैत, रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटमा विद्युत् प्राधिकरण कार्यालयका एक कर्मचारीलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ। नेपाल विद्युत् प्राधिकरण प्रसाशन शाखा चन्द्रनिगाहपुरमा कार्यरत पाचौ तहका सुपरभाइजर ३० बर्षीय उमेश कुमार यादवले सेवाग्रहीको काम गरिदिने भन्दै एक लाख ५० हजार घुस लिदाँलिँदै होटलबाट पक्राउ परेका परेका हुन्।

दुइ महिनाअघि रंगपुर गाविस –२का बैजु साहले संचालन गर्न लागेको राहुल राइस मिलमा ७० केभिएको मिटर जडानका लागि साहले निवेदन दिएका थिए।
रौतहटको टेग्राह घर भएका यादव दुई महिनाअघि विद्युत् कार्यालयमा सरुवा भएर आएका थिए।

पटक पटक मिटर जडानका लागि अनुरोध गर्दा कर्मचारीले नमानेको र डेढ लाख रकम मागेकाले मिटर जडानका लागि बैजु साहका आफन्त मुकेश गुप्ताले बुधवार बिहान चन्द्रनिगाहपुरस्थित अल्पाइनबाट होटलमा रकम दिएका थिए।
मिटर जडानका लागि रकम मागेको सुचना पहिले नै पाएको र निगरानी गर्दा विद्युत् कर्मचारी घुस सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका डिएसपी सन्तोष आचार्यले जानकारी दिए।
पक्राउ परेका कर्मचारी यादवले भने आफुलाई सुनियोजित रुपमा फसाएको बताए। अख्तियार दुरुपयोग अनुशन्धान आयोगका केन्द्रीय कार्यालयबाट खटिएका शाखा अधिकृत कृष्ण दहालको टोलीले होटलमा छापा मारेको थियो।











