१६ चैत, काठमाडौं । विपक्षी दलका नेताहरुसँग वार्ताको सम्भावना सकिएको नेपाली कांग्रेस र एमालेका नेताहरुले बताएका छन् । उनीहरुले सम्भावना अत्यन्तै कम रहेको भए पनि मुलुकलाई निकास दिन आफूहरु वार्ता गर्न सदैव तयार रहेको पनि बताएका छन् । नेपालद पत्रकार महासंघको ६० औं स्थापना दिवसका अवसरमा सोमबार काठमाण्डौंमा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलन सहमति विरोधी भएको बताए । संविधान बनाउने हो भने आन्दोलनका कार्यक्रम गर्दा संविधान बन्ने वातावरण विग्रने धारणा पनि पौडेलले व्यक्त गरे । उनले अझैपनि २३ गतेसम्म सहमतिको प्रयास गर्न विपक्षीहरुलाई आग्रह गरे ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले वार्ताको पर्खाइ लगभग सकिएको बताए । उनले अब नियम सम्मत प्रक्रियामा गएर संविधान जारी गरेरै छाड्ने धारणा व्यक्त गरे ।











