१३ चैत, मोरङ / चटयाङले लागेर मोरङ र सप्तरी जिल्लामा शुक्रबार एक जना प्रधानाध्यापक सहित चार जनाको मृत्यु भएको छ । सुनसरीमा भने एक जना महिला सख्त घाईते भएकी छन् ।
मोरङको थलाहामा बस्ने १६ वर्षिय जितेन माझीको चट्याङले लागेर मृत्यु भएको हो । घरबाट खेततर्फ जाँदै गर्दा चट्याङ लागेर उनको मृत्यु भएको हो ।
गम्भीर घाइते उनको उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । । त्यस्तै सप्तरीको दिघवा गाविस ५ बस्ने ४० वर्षिय दशरथ खङको शुक्रबार विहान आफ्नै बारीमा काम गर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको छ ।
यस्तै जिल्लाकै सितापुर गाविस ८ बस्ने जगजागरण राष्ट्रिय प्राविका प्रधानाध्यापक ५० वर्षिय रविलाल खङको पनि चट्याङले लागेर मृत्यु भएको छ ।
उनको करेसा बारीमा काम गर्दै गरेको अवस्थामा चट्याङले लागेर मृत्यु भएको हो । त्यस्तै सप्तरीकै हरिहरपुर गाविस ३ बस्ने ८२ वर्षिय बिलट चौधरीको पनि बाटोमा हिड्रिहेको समयमा चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै चट्याङले लागेर सुनसरी महेन्द्रनगर–२ की २५ बर्षिया मन्दिरा बस्नेत भने गम्भीर घाइते भएकी छन् । उनको बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।













