११ चैत, काठमाडौ । लोकसेवा आयोगका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनियताको सथप लिएका छन् ।

बुधबार शितल निबासमा आयोजित समारोहका बिच राष्ट्रपति डाक्टर रामबरण यादबको उपस्थीतीमा प्रधानन्याधिश रामकुमार प्रसाद साहले आयोगका आयोगका नवनियुक्त अध्यक्ष अध्यक्ष उमेश मैनालीलाई सथप गराएका हुन् । त्यस्तै अध्यक्ष मैनालीले अन्य सदस्यहरुलाई सपथ खुवाए । केही दिन अघि संसदीय सुनुवाई बिशेष समितिमा अनुमोदन भएका आयोगका पदाधिकारीलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२५ दुई बमोजिम नियुक्त गरेका थिए । अयोगका अध्यक्ष मैनाली र सदस्यमा गोविन्द कुसुम, बृन्दा हाडा भट्टराई, कृष्णचन्द झा, श्रीपुरुष ढकाल, अशोककुमार झा र व्रह्मदेव रायलाई सुनुवाई समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो । सथप समारोहमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवास नेम्वाङमुख्य सचिव लगाएयको उपस्थिति रहेको थियो ।











