९ चैत, काठमाडौं । भनिन्छ कानुन निर्धाका लागि हो । कानुन कार्यान्वयन गराउने प्रमुख निकाय प्रहरीले नै यसरी कानुनको उल्लंघन गरेको देख्ना साँच्चै नै कानुन निर्धाकै लागि रहेछ भन्ने प्रष्ट पारेको छ ।
काठमाडौंको मूल सडकमा यसरी नेपाल प्रहरीले सरकारी मोटर साइकलमा तीन जना चढाएर यात्रा गराएको छ । नेपाल पुलिस लेखिएको यो मोटर साइकल चलाउने व्यक्ति समेत प्रहरीको पोशाकमा छैनन् । बर्दीविनाको चालकले यसरी प्रहरीको एउटा मोटर साइकलमा तीन जना बोकेर हिंडेको छ ।
अनि ट्राफिक नियमको पालन गराउने र कसैले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गर्ने अधिकार पाएका बर्दीधारी ट्राफिक प्रहरी टुलुटुलु हेरेर बसी रहेका छन् । उनको यो हेराइले सवारी चालक व्यक्ति माथिल्लो दर्जामा कार्यरत प्रहरीको आफन्त हन सक्ने अनुमान गर्न सकिन्छ ।
यो तस्वीरले नेपाल प्रहरीले सरकारी साधनको दुरुपयोग कुन रुपमा गर्दछ र कानुनको धज्जी समेत कसरी उडाउने गर्दछ भन्ने उपयुक्त उदाहरण दिन्छ । यतिवेला यो तस्वीर सामाजिक संजालमा भाइरल बनेको छ ।











