७ चैत, २०७१ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशूल्क दन्त परिक्षण कार्यक्रम संचालन गरेको छ ।
अस्पतालको दन्त बहिरङ्ग बिभागले ओरल हेल्थ डे को अवसर पारेर आयोजना गरेको कार्यक्रममा शुक्रवार २०० जना भन्दा बढीले आफ्नो दाँत र गिँजाको स्वास्थ्य परिक्षण गराएका छन् ।
कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको दन्त बिभागका डाक्टरहरु अमित खनाल, सितल श्रेष्ठ, सुमी मल्ल, बन्दना थापा र मध्य भण्डारीले दन्त परिक्षण गर्नुका साथै परामर्श दिनु भएको थियो ।
ओरल हेल्थ डे को अवसरमा अस्पतालले एक साता सम्म दन्त परिक्षण र उपचार सेवामा बिशेष छुटको समेत व्यवस्था गरेको छ ।
दन्त परिक्षण कार्यक्रममा सहभागि भएकाहरुलाई हिमालयज ड्रग कम्पनिका तर्फवाट निःशुल्क माउथ वास लगायतका ओरल प्रोडक्ट बितरण गरिएको थियो ।
ओरल हेल्थ डेको अवसरमा ग्राण्डीले संचालन गरेको दन्त परीक्षण सम्बन्धि प्याकेज एक हप्तासम्म जारी रहने जनाएको छ ।










