६ चैत, काठमाडौं । बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।
जीवन बिक नाम गरेका २० वर्षीय युवक पक्राउपछि प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमै उनी बेहोस भएर ढलेका छन्।
त्यसपछि प्रहरीले उनलाई प्रहरी अस्पताल महाराजगन्ज८ लिएर गएका छन्।
उनले डिप्रेसनको औषधि खाएको प्रहरीले बताएको छ।
आक्रमणकारीले आफू ६९ सालदेखि संगितालाई मन पराएको र संगिताले पनि आफूलाई मन पराएपनि परिवारले छुट्टाएका बताए। त्यसपछि संगिताको भाइसँग झगडा पर्यो। अनि संगिताले उसलाई छोडिदिएकी थिइन्। संगिताले केटाको बाबुलाई कुटेको र केटोले त्यसको बदला लिन यस्तो अपराध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
प्रहरीले गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने क्रममै अभियुक्त विक अभिनय गरेको जस्तै गरी बेहोस भएका थिए । बेहोस हुँदै गर्दा उनी हासीरहेका थिए । उनमा हीनताबोध देखिँदैनथ्यो । केही संकोच मानेजस्तो गरी उनी ढलेपछि प्रहरीले अस्पताल लगेको थियो ।











