३ चैत्र, काठमाडौं । एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठकले
लगाएका छन् । मंगलवार काठमाडौंमा उपस्थित रहेका केन्द्रिय समितिको बैठकले सत्ता पक्ष वार्ता र सहमती प्रति गम्भीर नभएको आरोप लगाउँदै आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेको हो । बैठक पछि पत्रकारहरु सँग कुराकानी गर्दै एमाओवादीका नेता अग्नी सापकोटाले सत्ता पक्ष वार्ता र सहमतीप्रति अलिकति पनि गम्भीर, तत्परता र जिम्मेवारीबोध नभएको बताए ।
३० दलिय मोर्चाको पहिलो चरणको आन्दोलन पछि वार्ता र सहमतका लागि आफुहरु तयार भए पनि सरकारी पक्ष तयार नभएको उनको भनाई थियो । उनले भने, ‘सरकारी पक्ष वार्ता र सहमती भन्दा पनि प्रकृयातिर जाने देखियो, त्यही भएर आन्दोलनको विकल्प छैन ।’ उनले चैत्र १३ गते सम्म एसएलसी परेको हुनाले यो बीचमा कार्यकर्ता हुँदै जनतामा जाने र त्यसपछि आन्दोलनलाई शशक्त ढंगले अगाडि बढाउने निर्णय भएको जानकारी गराए । अगामी १९, २४ देखि २६ गते सम्मको आम हड्ताल शशक्त हुने समेत उनको कथन थियो । वार्ता र सहमतीको बल सत्तापक्षको कोर्टमा रहेको बताउँदै उनीहरुले गर्ने व्यवहारमा अबको राजनीतिक दिशा तय हुने उनको धारणा थियो । उनले ३० गतेको वार्तामा पनि सत्ता पक्ष ९ बुदें कै आधारमा वार्ता र सहमती हुनु पर्ने अडानमा कायम रहेको हुनाले वार्ता र सहमती प्रति सरकार पक्ष गम्भीर नभएको पुष्टि भएको उनले बताए । त्यस्तै केन्द्रिय समिति बैठकमा पार्टी एकताको प्रयासलाई पनि सकारात्मक ढंगले अगाडि बढाउने निर्णय भएको उनले जानकारी गराए ।











