३ चैत, काठमाडौ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नेपाली युवतीहरूलाई अफ्रिकी, खाडी तथा अन्य मुलुकहरूमा लगी बेचबिखन गर्ने गिरोहलाई पक्राउ परेको छ । मोडेल तथा डान्सबारमा काम गर्ने युवतीको फोटो सेसन गरेर विदेशमा पठाउने र डिमाण्ड भएअनुसार विदेशमा लगेर वेचविखन गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । विदेशमा लगेकार यौनधन्दामा लगाउनेदेखि नजरबन्दमा राखेर शोषण गर्नेसम्मका कार्यमा नेपाली युवतीको वेचविखन हुँदै आएको विभिन्न तथ्यहरु समेत सार्वजनिक भएका वेला प्रहरीले त्यस्तो गिरोहलाई पक्राउ गरको हो ।
ब्यूरोले अफ्रिकी मुलुक, तान्जानिया, केन्या, बहराईन, मलेशिया, युगान्डा, लगायतका मुलुकहरूमा नेपाली युवती बेचबिखन तथा ओसार पसार गर्ने कार्यमा संग्लग्न सात जना नेपाली तथा भारतिय नागरिकलाई प्रकाउ गरेको हो । उनीहरुले विदेशका विभिन्न डान्सबारमा काम लगाइदिने भन्दै विदेशमा नेपाली युवतीको तस्करी गरिरहेको प्रहरीले जनाएको छ । युवतीहरूलाई विदेश पठाउने तथा नेपाल र दुवईमा समेत डान्सबारमा लगानी गरेका राजेन्द्र खत्रीलाई प्रहरीले प्रकाउ गरेको छ । खत्री युवती बेचबिखन गर्ने गिरोहका नाइके हुन् ।
केन्द्रिय अनुसन्धान व्यूरोले यसअघि २०७० सालमा पनि युवतीहरूलाई बिदेश पठाई मानव बेचबिखन गरेको अपराधमा खत्रीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरेको थियो तर खत्री काठमाण्डौ जिल्ला अदालतबाट ३ लाख धरौटीमा छुटेका
थिए ।
यस्तै केन्द्रीय अनुसन्धान व्यूरोले कस्मेटिक व्यापार तथा बिदेशी एजेन्टबाट माग भएका युवतीहरूलाई विदेश पठाउने काममा सक्रिय अर्का व्यक्ति सविन राज मानन्धरलाई प्रकाउ गरेको छ । मानन्धरको पनि केन्या र तान्जानियाको डान्सबारमा लगानी भएको
प्रहरीले जनाएको छ ।
युवतीहरूलाई छनोट गरी बिदेश पठाउन सहयोग गर्ने भारतीय नागरिक तरुण रोजना खनगवाल प्रकाउ परेका छन् । यस्तै युवतीहरूलाई विदेश पठाउन सहयोग गर्ने राज सिंह सुवाल, सुनिल अधिकारी, केदार बहादुर खडका, नविन दाहाल प्रक्राउ परेका छन् । बेचबिखन गर्ने गिरोहले केन्या, तान्जनिया लगायतका देशहरूमा डान्स गरी प्रति महिना १ लाख भन्दा बढी तलब हुन्छ भनि नेपाली युवतीहरुलाई विदेश पठाउने गरेको व्यूरोले जनाएको छ । नेपालका बिभिन्न डान्स ट्रेनिङ सेन्टर तथा डान्सबारहरूबाट आकर्षक शारिरीक बनावट र नृत्य कला भएका युवतीहरूलाई छनोट गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
कलाकार र रेमीनारको आवरणमा नेपाली युवती विक्री गरेको सम्बन्धमा व्युरोले तयार पारेको विस्तृत विवरण र फोटोसेसन गरिएका युवतीका ग्ल्यामर तस्वीरहरु यस्ता छन् विस्तृतमा हेर्नुहोस् :HumanTrafficking20711203











