२९ गते फागुन ।ललितपुरको सातदोबाटोमा भएको दुर्घटनामा मिडियकर्मी प्रवल मानन्धरको असममयिक निधन भएको छ । गम्भीर घाइते भएका मानन्धरको उपचारका क्रममा बीएण्डबी अस्पतल ग्वार्कोमा निधन भएको हो ।
लगनखेल यातायात समितिले सञ्चालन गरेको चक्रपथ गुड्ने बा १ ख ९०७९ यात्रुबाहक बसले बा ४८ प ९७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धोवीघाट तीन बस्ने मानन्धर गम्भीर घाइते भएका थिए ।
मोटरसाइकललाई ठक्कर दिएपछि बसले स्कुटरलाई पनि ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक इमाडोल बस्ने १९ वर्षका विकाससिंह थापा सामान्य घाइते भएका छन् । उनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको ट्राफिक प्रहरी राजकुमार तामाङले जानकारी दिए ।
दुर्घटनाग्रस्त बस, मोटरसाइकल तथा स्कुटरलाई महानगरीय प्रहरी परिसर सातदोबाटोले नियन्त्रणमा लिएको छ ।











