१९ पुस, काठमाडौं । राजधानी काठमाडौंमा वुधबार यो वर्षकै सबैभन्दा कम ताकक्रम पुगेको छ । बुधवार विहान ६३० बजे काठमाडौंको तापक्रम २।२ मा पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वुधबार विहानको यो तापक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गत पुस १ गते काठमाडौंको तापक्रम २।८ रहेकोमा आज सोभन्दा तल तापक्रम झरेको हो । विहानको तापक्रममा कमी आए पनि दिउँसो भने काठमाडौंमा घाम लाग्ने महाशाखाले जनाएको छ ।
काठमाडौंसहित देशभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम तराईका क्षेत्रका कतिपय भू–भागमा शितलहरले चिसो बढेको छ ।












