१४ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । सरकारले अध्यादेश प्रमाणिकरणका लागि पठाएको २ महिना ८ दिनपछि शुक्रबार मात्रै राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी हुन् । अध्यादेशबारे दलहरुबीच मतान्तर रहेका कारण भण्डारीले विभिन्न दलका नेताहरुसँग परामर्श गरेकी थिइन् । शुक्रबार पनि भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङसँग भेट गरेकी थिइन् । उनीहरुसँगको भेटपछि मात्रै भण्डारीले अध्यादेश प्रमाणिकरण हुन् ।
अध्यादेश जारी नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।
सरकारले राष्ट्रियसभा निर्वाचनसम्बन्धि अध्यादेश गत कात्तिक ६ गते प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।













