२९ फाल्गुन, काठमाडौं । संविधानसभा सदस्य निर्वाचन २०७० सम्पन्न गर्ने क्रममा विभिन्न कारणले दिवंगत भएका ७ जना कर्मचारीका हकवालालाई जनही १५ लाखको चेक हस्तान्तरण गरिएको छ ।
आज निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले उक्त चेक हस्तान्तरण गरे । संविधान सभा निर्वाचन सम्पन्न गर्न आयोगले २ लाख २० हजार कर्मचारी खटाएको थियो ।आयोगले निर्वाचनअघि ती कर्मचारीहरुको राष्ट्रिय विमा संस्थानसँग जीवन वीमा गराएको थियो ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न र लोकतन्त्र संस्थागत गर्न कर्मचारीहरुले पु¥याएको योगदानको प्रशंसा गरेका हुन् ।











